पूर्वाञ्चल खबर
झापा / झापाको मेचीनगर नगरपालिका १० टिकापुरबाट १ सय ग्राम ब्राउन सुगरसहित १ जना पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका १० का ३८ बर्षीय हिरालाल राजवंशीलाई १ सय ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका राजवंशीको सम्बन्धमा थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।