पूर्वाञ्चल खबर
झापा / झापाको मेचीनगर नगरपालिका ६ मेची खोला छेउबाट ठुलो परिणाममा चाँदी र तामाको सामानसहित २ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका ६ बौद्धका ३४ बर्षीय अजित नगरकोटी र काठमाण्डौ महानगरपालिका १ का ३८ बर्षीय श्याम सुनुवारलाई चाँदी र तामाका सामानसहित पक्राउ गरेको हो । नगरकोटी र मुखियाको साथबाट प्रहरीले ११ केजी ९०० ग्राम बराबरको चाँदीका सामान र २१ केजी बराबरको तामाका सामान बरामद गरेको हो ।
पक्राउ परेका मानिस तथा सामान समेत आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको झापा प्रहरीले जनाएको छ ।