RUMPUM
animated ellipse animated ellipse

फागुन ६ देखि मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०७६, मंगलवार २०:४०
3
Shares

विराटनगर /तेस्रो संस्करणको १ नम्बर प्रदेश स्तरीय अन्तर जिल्ला पुरूष भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमीको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको हो ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरि आउँदो फागुन ६ देखि १० गतेसम्म सोलुखुम्बुको सल्लेरीमा भलबिल प्रतियोगिता हुने जानकारी गराएको छ । उक्त प्रतियोगिता लिग कम नकआउटको आधारमा खेल हुने मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश १ का अध्यक्ष सागर थापाले जानकारी दिए । प्रतियोगितामा १४ जिल्लाको सहभागि हुने उनले जानकारी दिए ।

प्रतियोगितामा समूह ए मा झापा, धनकुटा, ताप्लेजुङ र इलाम बिच प्रतिस्पर्धा हुनेछ । समूह बी मा भोजपुर, उदयपुर र सोलुखुम्बु, समूह सी मा सुनसरी, पाँचथर र संखुवासभा, समूह डी मा ओखलढुंगा, तेह्रथुम, खोटाङ र मोरङ प्रतिस्पर्धा गर्नेछन् । समूह बिजेता र उपबिजेताले नकाउट खेल खेल्ने आयोजकले जानकारी दिएको छ । समूह बिभाजन पत्रकार सम्मेलनमा नै गरिएको हो ।

४८ लाख रूपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार, उपविजेता हुने टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको तृतीयले ५० हजार, सान्तवनाले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीले १५ हजार, उदयमान खेलाडीले १० हजार, बेस्ट ब्लर, बेस्ट स्टाइकर, डिफेन्सर र बेष्ट सर्भर हुने खेलाडीहरूले पनि जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गरिन ४८ लाख १ हजार रुपैयाँ खर्च हुनेछ ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले उद्घाटन गर्ने प्रतियोगिताको समापन मुख्यमन्त्री शेरधन राईबाट हुने अध्यक्ष थापाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुमा प्रतियोगिता आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै यस्ले आन्तरिक पर्यटन प्रवर्द्दनमा थप सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर