RUMPUM
animated ellipse animated ellipse

लागूऔषधसहित धरानका एक बालक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ माघ २०७६, सोमबार १९:४७
3
Shares

विराटनगर / खुल्ला सिमाको फाइदा उठाउँदै गिरोहले लागूऔषध तस्करीमा बालवालिकाको प्रयोग गर्ने गरेको भेटिएको छ ।

बखरी प्रहरी चौकी विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट लुकाएर ल्याउदै गरेको लागुऔषधसहित एक बालक पक्राउ गरेपछि बालबलिकालाई गिरोहले प्रयोग गर्ने गरेको यस्तो रहस्य खुलेको हो ।

धरानका १४ वर्षिय एक युवाको शरिरमा टेपले बाधेर ल्याएको अवस्थामा लागूऔषध आज विराटनगर १२ आइतबारेको नहरबाट बरामद गरेको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । ‘जोगवनीमा लागूऔषध सेवन गरेपछि तस्करीमा संलग्न गिरोहले लागूऔषध बालकको शरिरमा टेपले बाधेर पठाइदिएको पाइयो,’ उपरीक्षक अधिकारीले भने, ‘ती बालकलाई तस्करीमा संलग्न गिरोहले गन्तब्यसम्म पु¥याए बापत १५ सय रूपैयाँ दिने सहमति गरेका रहेछन् ।’

प्रहरीले पक्राउ गरेको ती बालक लागूऔषध दुव्र्यसनी रहेको पाइएको छ । तीन महिनादेखि लागूऔषधको लतमा लागेको उनले प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीले उनको साथबाट ७५ सेट लागूऔषध बरामद गरेको छ । एभिल २५ सेट, डाइजे २५ सेट र नरफिङ २५ सेट गरि ७५ सेट लागूऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर