RUMPUM
animated ellipse animated ellipse

मन्दिरको मूर्ती चोर्ने चोर सीसी टिभी फुटेजका आधारमा पक्राउ परे(सीसी टिभी फुटेजसहित)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ माघ २०७६, आईतवार १९:४१
3
Shares
मुर्ति चारेलाई सार्वजनिक गर्दै मोरङ प्रहरी । तस्वीर : पुष्पराज थपलिया

विराटनगर /मोरङको रङ्गेली नगरपालिका ७ स्थित संसारी माईस्थान मन्दिर भित्रको चाँदीको बहुमूल्य मूति र अन्य सामान चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले रंगेली नगरपालिका ३ का भुवन पराजुलीलाई मन्दिरको मूर्ती चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत माघ २२ गते राति १० बजेर ५४ मिनेटमा पराजुीले मन्दिरभित्रको चाँदीको मूती र अन्य विभिन्न सामाग्री चोरी गरेका थिए । प्रहरीले पराजुलीलाई रंगेलीबाट शनिबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रङगेलीका प्रमुख इनिस्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मन्दिरबाट चोरी भएको मूर्तीसहित अन्य विभिन्न सामाग्री पराजुलीको घरबाट बरामद गरेको हो ।

प्रहरीका लागि बहुमुल्य सामान फिर्ता ल्याउनु र चोर पक्राउ गर्नु निकै चुनौति भएपनि सिसि टिभि फुटेजले प्रहरीलाई चोरीमा संलग्नलाई पक्राउ गर्न सजिलो भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एस्पी विश्व अधिकारीले जानकारी दिए ।

मन्दिरको कम्पाउण्ड नाघेर मन्दीरबाट चाँदीको मुकुट, छत्र, त्रिशुल, सिक्री र पित्तलको गणेश तथा छोटी माताको पुरानो मूर्ति चोरी गरेको सीसी टिभी फुटेजमा देखिएपछि पराजुलीलाई पक्राउ गरेको एस्पी अधिकारीले जानकारी दिए ।

पहिचान नखुल्ने गरी मुख छोपेर चोरी गरेका पराजुलीलाई ज १२ प ५४६८ नम्बरको मोटरसाइकल प्रयोग गरेका मन्दिर आएका थिए । क्यामेरामा मोटरसाइकल नम्बर देखिएपछि प्रहरीलाइ खोजी गर्न सहज भएको थियो । मोटरसाइकल खोजी गर्ने क्रममा पराजुली पक्राउ परेका हुन् ।

चाँदीको सिक्री भने गोबरग्यास अगाडि लुकाएको अवस्थामा फेला परेको थियो । पराजुलीका घरमा छापा मारेर उनी सुत्ने कोठामा रहेको काठको लो बेडमुनि हरियो रङको कोट कभरमा चेन लगाएर लुकाएर राखिएको संसारी माताको मूर्तिको शिरमा लगाउने चाँदीको मुकुट १ थान, छत्र १ थान, त्रिशूल १ थान, पित्तलको गणेश र छोटी माताको पुरानो मूर्ति २ थान तथा पित्तल र फलामको त्रिशूल २ थान फेला पारेको छ । चाँदीका ३ वटा सिक्री पनि पराजुलीको घरबाट प्रहरीले बरामद गरेको छ ।

चोरी गरेको सीसी टिभी फुटेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर