RUMPUM
animated ellipse animated ellipse

सम्झनाको हत्या आरोपी सार्वजनीक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ माघ २०७६, आईतवार १८:२६
3
Shares
सम्झनाको हत्या आरोपीलाई सार्वजनीक गर्दै । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / विराटनगर – १२ मङलवनाको उखुबारीमा गत शुक्रबार भेटिएको एक महिलाको हत्या आफनै प्रेमीबाट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सुनसरीको दुहबी नगरपालिका – ६ कालिमन्दिर चौककी ३२ वर्षिय सम्झना खत्री परियारको हत्या उनकै प्रेमी सप्तरी कृष्णश्रवण गाउँपालिका– ३ घर भइ हाल मोरङको बुढीगंगा गपा ३ पोठियामा डेरा गरि बस्ने २५ वर्षिय सुरेन्द्रप्रसाद साहले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

मृतक सम्झना दुई छोरीका आमा हुन् भने हत्या आरोपी साह अविवाहित हुन् । सम्झनाको श्रीमान विसाल इलाममा टेलरिङमा काम गर्दछन् ।
एकआपसमा वादविवाद भइ झगडा हुँदा रिसको आवेगमा सम्झनाको हत्या साहले गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । साहले गत मंगलबार साँझ सम्झनाको हत्या गरेको भएपनि शुक्रबार विहान शव भेटिएको थियो । शव पहिचान भएको २४ घण्टा भित्र हत्या आरोपी साहलाई पक्राउ गरि मोरङ प्रहरीले पत्रकार सम्मेलन गरि आज सार्वजानिक गरेको छ ।

पक्राउ परेका साह क्वालिटी नुडल्स फ्याक्ट्रीका स्टोर ईन्चार्ज हुन् । साह र सम्झनाको चिनजान उक्त फ्याक्टीमा काम गर्ने क्रममा भएको थियो । ‘उनीहरूको सम्बन्ध तीन वर्षदेखि रहेको खुलेको छ,’एसपी अधिकारीले भने, ‘मंगलबार विहान सुरेन्द्रले सम्झनालाई पटक–पटक फोन सम्पर्क गरेका थिए । फोन नलागेको आवेग र झगडा हुदा हत्या भएको खुलेको छ ।’ साहले सम्झानको हत्या गरेको पनि प्रहरीसँग स्वीकार गरेको एसपी अधिकारीले बताए । साहले सम्झनाको हत्या गरेपछि बाँसको धारिलो हतियार केसेलिया खोलामा फालेको थिए । घटनामा उनी मात्र संलग्न रहेको प्रहरीले जनाएको छ ।

विर्भत्स तरिकाले हत्या गरिएकोले यो घटनामा मोरङ प्रहरी, १ नम्बर प्रदेश प्रहरीको विशेष व्युरो टोलीले संयुक्त रूपमा अनुसन्धान गरेको थियो । साहले सम्झनाले लगाएको सलले घाटी बाधेर बासको चोयाले हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई मोरङ अदालतमा आइतबार कर्तब्य ज्यान मुद्दामा म्यात थप गरि अनुसन्धान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर