पूर्वाञ्चल खबर
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिकरुपमा यस सम्बन्धी विवरणहरु सार्वजनिक गर्ने गरेको छ । आयोगले बिरामी भएका मध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर रहेको पनि जनाएको छ । अरु १७ हजार ९ सय ८८ जनालाई पनि कोरोना भाइरसकै संक्रमण भएको आशंकामा परीक्षण गरिएको छ । उनीहरुको परीक्षणको नतिजा भने आउँन बाँकि रहेको अधिकारीहरुले जनाएका छन् । बिरामी भएका मध्ये कुल २ सय ४३ जनालाई उपचारपछि अस्पतालबाट फिर्ता गरिएको स्वास्थ्य आयोगले जनाएको छ ।
चीनकोे मध्य क्षेत्रमा पर्ने वुहान सहरमा सबैभन्दा पहिले देखिएको कोरोना भाइरसको संक्रमण अहिले संसारका दुई दर्जन भन्दा बढी देशहरुमा फैलिइसकेको छ । भाइरसको प्रकोप फैलिदै गएपछि विश्व स्वास्थ्य संगठनले आपत्कालिन अवस्थाको घोषणा गरेको छ भने विभिन्न देशले चीनसँगको नाकाबाट हुने आवत–जावतलाई कडाई गरेका छन् । कोरोना भाइरसको संक्रमण बढेसँगै संसारका धेरै देशले आफ्नो सिमाना पार गरेर आउने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।