RUMPUM
animated ellipse animated ellipse

अवैध भारतिय कुखुरासहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ माघ २०७६, शुक्रबार २०:२०
3
Shares

केशव न्यौपाने
रंगेली / मोरङको रंगेली प्रहरीले ठुलो परिमाणमा भारतबाट अवैध रुपमा ल्याएको बोईलर कुखुरासहित मानिस र मोटरसाईकल समेत वरामद गरी पशुक्वारेन्टाईन कार्यालय मोरङ वुझाएको छ ।

रंगेली प्रहरी प्रमुख प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार धनपालथान ३ स्थित मायागञ्ज नाकाबाट जिल्ला मोरङ रंगेली १ ववियाविर्ताका २५ वर्षिये महमद असलम, रंगेली २ विरानीका २६ वर्षिय सुरेन्द्र खवास र सोही स्थानका २१ वर्षिय राशनकुमार खवासलाई १ सय ४५ थान बोईलर कुखुरा करिव १ लाख वरावरको कुखुरा र कुखुरा ल्याउन प्रयोग भएका को ९ प ९८८०, को ३२ प ३८८८ र को १० प ९७६६ नं. को मोटरसाईकलसमेत वरामद गरी मानिस कुखुरा र मोटरसाईकल पशुक्वारेनटाईन कार्यालय मोरङ बुझाएको रंगेली प्रहरीले जनाएको छ ।

पशु क्वारेनटाईन कार्यालय मोरङका निमित्त प्रमुख अनित घिमिरेका अनुसार रंगेली प्रहरीबाट अवैध रुपमा पक्रीएको कुखुरा स्थानिय समाजसेवी, पत्रकारको रोहवरमा रंगेली प्रहरी परिसरमा नष्ट गरेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर