AArya
RUMPUM
animated ellipse animated ellipse

मासिक अनुुदान वृदि गर्न माघ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७३, मंगलवार १८:१४
3
Shares
४ माघ, विराटनगर/ विराटनगरवाट प्रकाशित साप्ताहिक पत्रिकालाई दिदै आएको मासिक अनुुदान वृदि गर्न भन्दै साप्ताहिक पत्रिका सञ्जाल मोरङले आज मंगलबार विराटनगर उपमहानगरपालिकामा ज्ञापनपत्र वुुझाएको छ ।
सञ्जालका अध्यक्ष सुुनिल पोखरेल र सचिव सत्यनाराण सर्मा सहितको पत्रकारको टोलीले उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइराला समक्ष ज्ञापनपत्र वुुझाएको हो । विराटनगर उपमहानगरपालिकाले हालै सार्वजनिक गरेको निति तथा कार्यक्रममा होचुुवाको भरमा मासिक अनुुदान वृद्धि गरेको र साप्ताहिक पत्रिकालाई सम्वोधन नगरेको भन्दै समानुुपातिक रुपमा अनुुदान प्रदान गर्न विज्ञप्तीमा आग्रह गरिएको छ ।
ज्ञापनपत्र वुुझ्दै उपमहानगरपालिकाका कार्यकारी अधिकृत कोइरालाले साप्ताहिक पत्रिकालाई ५० प्रतिशत अनुुदान दिन उपमहानगरपालिका तयार रहेको भन्दै त्यसका लागि नियमित रुपमा पत्रिका प्रकाशन हुुनुुपर्नेमा जोड दिए । उनले उपमहानगरपालिकाको सुुचना प्रकाशन गर्नुुपर्ने तथा समयमा पत्रिका प्रकाशित भए जनमानसमा समेत त्यसको सकारात्मक प्रभाव पर्ने भएकाले साप्ताहिक पत्रपत्रिकालाई आफूले भेदभाव नगर्ने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर