RUMPUM
animated ellipse animated ellipse

शहीद दिवसका अवसरमा कविता गोष्ठी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७६, बिहीबार १९:३७
3
Shares

विराटनगर / शहीद दिवसको अवसर पारेर नेपाली कांग्रेस मोरङले कविता वाचन र विचार गोष्ठी आयोजना गरेको छ ।

आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा नारायण सापकोटा, भरत गुरागाईं, मीनकुमार नवोदित, गोकुल अधिकारी, चूडामणि नेपाल ‘अकिञ्चन’, राधिका गुरागाईं, निर्मला कोइराला, दिङ्लाली कान्छो, योगराज दाहाललगायत एक दर्जनभन्दा बढी स्रष्टाहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदीले राजनीति गर्ने व्यक्तिहरुले साहित्यलाई सत्ता चढ्ने भ¥याङ मात्रै बनाएको गुनासो पोखे । उनले राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा स्रष्टाहरुको अहम भूमिका रहेको दाबी गरे । स्रष्टाहरु सडकमा उत्रिएपछि मात्रै आन्दोलनले सफलता प्राप्त गरेको सुवेदीको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले साहित्य र प्रजातन्त्रबीच प्रगाढ सम्बन्ध हुने विचार व्यक्त गरे । उनले स्वतन्त्र परिवेशमा मात्रै साहित्य सिर्जना हुने बताए । “लेखनका लागि स्वतन्त्रता आवश्यक पर्दछ,” उनले भने, “प्रजातन्त्र र लोकतन्त्र नभएको मुलुकमा स्वतन्त्रता हुँदैन ।”

अर्यालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लेखक साहित्यकारको भूमिका अतुलनीय रहेको उल्लेख गरे । कार्यक्रममा मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बू, उपसभापति शिवनारायण गन्गाई, सचिव नागेश कोइराला, मोदराज घिमिरेलगायतले स्रष्टाहरुको समर्पण र शहिदको बलिदानकै कारण नेपालमा प्रजातन्त्र हुँदै लोकतन्त्र स्थापित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर