पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरकी १० वर्षिय गुडिया भनिने रुपमति दासको बलत्कारपछि हत्या गर्ने दुई जना अभियुक्तलाई अदालतले आजिवन कैदको फैसला गरेको छ ।
विराटनगर – ८ बलुवाहीका १९ वर्षिय चन्दु महतो र सोही ठाउँका २५ वर्षिय भुट्टु भन्ने अब्बास अन्सारीलाई मोरङ अदालतको न्यायधीश तेजबहादुर खड्काको इजालशले जिवित रहेसम्म कैदको फैसला गरेका हुन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा ४१ र दफा १७७(२) अनुसार पुर्पक्षका लागि थनुामा रहेका महतो र अन्सारीलाई अदालतले आजिवित कैदको फैसला गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । उनीहरूले बलत्कार गरेपछि रुपमतिको घाटी थिचेर गत माघ १२ गते रातको ८ बजेको समयमा हत्या गरेका थिए ।