RUMPUM
animated ellipse animated ellipse

छोराद्धारा आमामाथी खुकुरी प्रहार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ माघ २०७६, बिहीबार ११:१०
3
Shares

सुनसरी / सुनसरीको ईटहरीमा छोराले आमामाथी खुकुरी प्रहार गरेको छ ।

ईटहरी २ हवाइ चोकका १८ बर्षीय छोरा पारस कार्कीले आफ्नै आमा कवितामाथी खुकुरी प्रहार गरेका हुन । हिजो राती साढे १० बजे घरमा बसिरहेको अवस्थामा ३६ बर्षीया आमा कवितालाई पारसले खुकुरीले शरीरको विभिन्न भागमा प्रहार गरी घाईते बनाएको र उनको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

आमा माथी खुकुरी प्रहार गर्ने पारसलाई खुकुरीसहित पक्राउ गरी थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर