पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ को राजधानी विराटनगर स्थित ट्राफिक चोकमा सुनसरी दुहबीका दुई युवाले २०२० फेमली होटेल सञ्चालनमा गरेका छन् ।
दुहवी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मुना साह हलुवाईले एक कार्यक्रमका विच होटेलको उद्घाटन गरेका थिए । देशमा बेरोजगारी बढदै गर्दा रोजगारको लागि विदेश जानु भन्दा सोदेशमै व्यवसाय गरि रोजगारीको सिर्जना आफुहरुले गरेको होटेल सञ्चालक राजा रौनियारले बताए । १० लाखको लागतमा होटेल सञ्चालन गरेको सञ्चालक अमित रौनियारले बताए
होटेलमा विभिन्न प्रकारका खानेकुरा विरियानी, मम , चाउमिन , कफिलगायतका खानेकुराहरु परिकाहरु उपलब्ध हुने जनाएका छन् ।