RUMPUM
animated ellipse animated ellipse

क्यानसर पिडीत देवको उपचारमा जुटे विद्यार्थी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७६, आईतवार २०:४६
3
Shares

विराटनगर / विराटनगर स्थित वडा नम्बर ३ बस्ने एक क्यानसर पिडीतका लागी महेन्द« मोरङ क्यामपसका विद्यार्थीहरु आर्थिक संकलनमा जुटेका छन् ।

विराटनगर स्थित महेन्द« मोरङ क्यामपसमा अध्ययनरत २१ वर्षिय कौशल देवको उपचारमा सहज हुने उद्देशयले विद्यार्थीहरु संकलनमा जुटेका हुन् । राजविराज घर भई हाल टंकीसुनवारीमा बस्दै आएका २१ बर्षिय कौशल देवलाई ब्लड क्यान्सर भएको अस्पतालले पुष्टि गरेको छ । क्यानसर पिडीत देवको अहिले भक्तपुर स्थित नेपाल क्यान्सर हस्पिटलमा विगत ५ महिनादेखि उपचार हुँदै आएको छ ।

उपचारको लागि पहिलो चरणमा ५ लाख खर्च लाग्ने अस्पतालले जनाएको छ । सोही रकम संकलन गर्न पिडीत देवका साथीहरुले विराटनगरमा उपचारमा लाग्ने खर्च जुटाउन थालेका हुन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण कलेजमा पढ्ने उनका साथीहरुले विराटनगरमा भेला भएर बजारका विभिन्न व्यापारी तथा स्थानियबाट स्वइच्छाले आर्थिक रकम जुटाएका हुन् ।

उनीहरुले नेपाल भारत सिमा क्षेत्र जोगबनी नाकामा भेला भई विभिन्न ठाउँमा पुगेर आर्थिक सहयोग गर्न आग्रह गर्दे रकम संकलन गरेका थिए । २ लाख ४० हजार रकम संकलन भएको विद्यार्थीहरुले जानकारी दिए ।

रकम संकलन गर्न महेन्द« मोरङ ,कलेजका प्रज्ञा यादव , पुजा विश्वास , निर्जला गिरी , पेरीश सुवेदी , जसवन्त पौडेल , अभिमन्यु यादव , निशा ठाकुर , पेशल यादव , किशन कामत , अमर चौधरी , सशांक कोइराला , सुनिल मेहता , नवीण पाण्डेलगायतले सहजीकरणको भुमिका खेलेका थिए ।

क्यानसर पिडीत देवको उपचारलाई सरल बनाउन सबैलाई आफ्नो स्तरबाट सहयोग गर्न रकम संकलनमा लागेका विद्यार्थीहरुले बताए । आफनो स्वेच्छाले सबै नेपाली मिली एक नेपालीको ज्यान बचाउन लाग्नु पर्ने एक जना विद्यार्थीले बताए । उनले सहयोग गर्न चाहने व्यक्तिले निम्न तरीकाले सम्र्पक गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर