पूर्वाञ्चल खबर
ईलाम / ईलामको सुर्योदय नगरपालिका १२ आठघरेमा दाजु भाई बिच झगडा हुँदा भाईको मृत्यु हुँदा फरार रहेका दाईलाइृ प्रहरीले पक्राउ गरेको छ ।
पुष २० गते राती ४८ बर्षीय रामबहादुर रसाईली र ४६ बर्षीय भाई हर्कबहादुर रसाईली विच मादक पदार्थ सेवन गरी झैझगडा हुँदा दाजु रामले भाई हर्कलाई कुटपिट गर्दा भाईको मृत्यु भएको थियो । भाई हर्कको मृत्यु पश्चात फरार रहेका रामलाई खोजतलास गर्ने क्रममा प्रहरीले उनलाइ हिजो झापाको काकड्भिट्टाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।