पूर्वाञ्चल खबर
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा आगामी पुस २८ गते तालिम दिईने भएको हो । तालिममा मोरङ र सुनसरीका करिब ३ सय महिला उद्यमीहरुलाइ तालिम दिइने आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ र न्यु विजनेस एज प्रालिको संयुक्त आयोजनामा सातै प्रदेशका महिला उद्यमीहरुलाइ तालिम दिन लागिएको उद्योग संगठन मोरङकी संयोजक श्रीमती सन्तोष जैनले जानकारी दिइन् । महिला उद्यमीहरुलाइ वित्तीय साक्षरता लगायत व्यवसाय सञ्चालन गर्दा देखापर्ने व्यवसायिक जटिलताहरु तिनका निराकरणका उपायहरु लगायतका विषयमा जानकारी गराउने तालिमको उद्देश्य रहेको मोरङ ब्यापार संघ, महिला उद्यम समितिकी संयोजक मल्लिका रिजालले बताइन् । तालिममा उत्कृष्ट हुने महिला महिला उद्यमी अवार्ड २०२० को छनोटमा पर्ने उनले बताइन् ।