AArya
RUMPUM
animated ellipse animated ellipse

चोरीका मोवाइल किन्ने विरुद्ध पनि मुद्धा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०७३, सोमबार १८:४५
3
Shares
३ माघ, विराटनगर / चोरीका मोवाइल किनेर प्रयोग गर्ने विरुद्ध पनि मोरङ प्रहरीले मुद्धा चलाउन थालेको छ ।
प्रहरीले चोरीका मोवाइल किनेर प्रयोग गर्नेलाई नियन्त्रणमा लिएर चोरी मुद्धा चलाउन थालेको हो । यस अघि प्रहरीले मोवाइल चोरीमा संलग्नलाई मात्रै मुद्धा चलाउने गरेको थियो । मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार पछिल्लो समयमा बढ्दै गएको मोवाइल चोरी नियन्त्रण गर्न र त्यस्ता मोवाइल प्रयोगलाई निरुत्साहित गर्न मुद्धा चलाउन थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले हराएका तथा चोरी भएका मध्ये पछिल्लो समयमा आठवटा मोवाइल फेला पारेर सम्बन्धीत धनीलाई जिम्मा लगाएको छ । १० महिना यता मात्र खोजतलास गर्ने क्रममा चोरी भएका दुई सय ४८ मोवाइल फेला पारेर सम्बन्धीत धनीलाई बुझाइएको प्रहरीले जनाएको छ । मोवाइल चोरीका विषयलाई लिएर ३० वटा मुद्धा दर्ता गरिएको र चोरीमा संलग्न तथा चोरीका मोवाइल किनेर प्रयोग गर्ने ४३ जना विरुद्ध मुद्धा चलाइएको एसपी भण्डारीले बताए ।
‘चोरीमा संलग्न मात्र हैन चोरीका मोवाइल किनेर प्रयोग गर्ने विरुद्ध पनि धमाधम मुद्धा दर्ता गरेर कानुनी कारवाही अघि बढाउन थालिएको छ,’ एसपी भण्डारीले भन्नु भयो, ‘चोरीका सामान किनेर प्रयोग गर्न हुँदैन भन्ने कुरामा सबैलाई सचेत गराउन कारवाहीको दायरालाई फराकिलो पारिएको हो । चोरीका मोवाइल किन्ने विरुद्ध मुद्धा चलाउदा चर्को दवावको सामना गर्नुपरेको एस पि भण्डारिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर