पूर्वाञ्चल खबर
विराटनगर / बहुमतले गरेको निर्णय पार्टीमा सबैले मान्नु पर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
केन्द्रीय समितिको बैठकका निर्णयको विषयमा विवाद भएपछि देउवाले बहुमतका आधारमा भएका निर्णयहरू सबैले मान्नु पर्ने बताएका हुन् । पार्टी भित्रबाट सहमतिका नाममा पार्टीलाई बन्धक बनाउन खोजिएको गुनासो गर्दै उनले भने ‘सहमति नजुटेपछि बहुमतीय प्रणालीबाट अन्तिम निर्णय गर्नुपर्छ ।’
विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सहमति नजुटेपछि प्रजातान्त्रिक अभ्यासको प्रयोग गरेको बताए ।
मैले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेका सभापति देउवाले बताएका छन् । उनले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको स्पष्ट समेत पारे । सभापति देउवाले सरकारका प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सभामुख र उपसभामुख पाउनु पर्ने माग गर्दै बहु चर्चित एमसीसीलाई सरकारले पास गर्नु पर्ने बताए । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ५५ अर्ब सहयोग गर्ने बताउँदै उनले सरकारले त्यसको विकल्प खोज्न नहुने बताए ।
सभापति देउवाले पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी संघमा छिट्टै नेतृत्व ल्याउने बताए । सभापति देउवाले पार्टी भित्र एकता र मेलमिलाप कायम रहेको दावी गरे ।
नेपाली कांग्रेसले १४औँ महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ । निर्णयका विरुद्ध कांग्रेस भित्र रामचन्द्र पोडेल नेतृत्वको समूहले असन्तुष्टि जनाइरहेको उनले बताए । सभापति देउवाले पार्टीका १४औं महाधिवेशनका विषयमा सबैसँग छफफल गर्न तयार रहेको बताएका छन् । उनले निर्धारित मितिमा नै महाधिवेशन गर्ने बताए ।