RUMPUM
animated ellipse animated ellipse

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरिएको सामाग्री प्रर्दशनी सकियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ पुष २०७६, आईतवार २०:०७
3
Shares

विराटनगर / अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका सामाग्रिहरुको प्रदर्शनी सकिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्वर १ र सामाजिक विकास मन्त्रालय प्रदेश नम्वर १ को संयुक्त आयोजनामा विराटनगरमा भएको प्रर्दशनी आज सकिएको हो ।

तीन दिनसम्म सञ्चालन भएको प्रर्दशनीमा पाँच हजार भन्दा बढीले अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेको विभिन्न बस्तुको अवलोकन गरेको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत विमल बस्नेतले जानकारी दिए । प्रदेश १ भरीका अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरिएको विभिन्न सामाग्रीहरु प्रर्दशनीमा रहेको थियो ।

प्रर्दशनीमा १५ वटा स्टल रहेको थियो । तीन लाख भन्दा बढीको कारोबार भएको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ की अध्यक्ष पार्वता श्रेष्ठले बताइन् । अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण गराउने उद्देश्यले प्रर्दशनी गरिएको उनले बताइन् । प्रर्दशनीमा धनकुटा–४ पाख्रीबासकी अपाङ्गता भएकी ३१ वर्षिय जुना घिमिरेले प्रर्दशनीमा राखिएको सामाग्रीमा आकर्षण थियो । स्थानिय स्तरमा पाइने सल्लेपिरबाट उत्पादन भएको हस्ताकलाको विभिन्न सामाग्रीमा ध्यान खिचेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर