AArya
RUMPUM
animated ellipse animated ellipse

‘झोराहाटमा साहित्य’को दोस्रो शृंखला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७६, शनिबार १७:४४
3
Shares
विराटनगर / कला र साहित्यको विकासमा सक्रिय मोरङको झोराहाट नाट्य समूहले साहित्यिक शृंखलालाई निरन्तरता दिएको छ ।

गाउँमा कविताको ३१ औं शृंखलासम्म सञ्चालन गरेर स्थगित भएको शृंखला नयाँ नामबाट सुरु भएको छ । ‘झोराहाटमा साहित्य’ शीर्षक राखेर शृंखला सुरु भएको हो । जहाँ कविता मात्रै नभएर साहित्यका गजल, मुक्तक, गीतलगायतका सिर्जनासमेत सुनाउन सकिने नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले बताए ।

शृंखलाअन्तर्गत आज चारजना कवि प्रस्तुत भए । कार्यक्रममा झापाका विन्दु दाहाल ‘मुकदर्शक’, विराटनगरकी मञ्जुश्री गिरी, इटहरीका रामप्रसाद खरेल र विराटचोकका छवि वैरागी घिमिरे प्रस्तुत भएका हुन् । दाहालले ‘ज्ञानगंगा’, ‘के काम जाबो लिन’, ‘युवाहरु अब उठ’ कविता वाचन गर्दा गिरीले ‘तँ किन जन्माइस् भन्छस्’, ‘ओइलिनुअघि’, ‘मलाई स्वेच्छिक मृत्यु दे सरकार’ र ‘शीर्षकको कविता प्रस्तुत गरिन् ।

खरेलले ‘मन पोखिएपछि’, ‘विपरीत’, ‘दोबाटो र हामी’ तथा ‘बा’ शीर्षकको कविताले राम्रै ताली पायो । घिमिरेले ‘के छैन नेपालमा ?’, ‘उठेर’, ‘धोका’ र ‘प्रख्यात जादूगर’ प्रस्तुत गरे । चारैजना कविका कविताले दर्शक–स्रोताको मन जित्न सफल भएको थियो । उनीहरुले कविता वाचन गरिरहँदा झोराहाट नाट्यघरको हल तालीले गुञ्जियो ।

कविता वाचन सुरु हुनुअघि कविहरुलाई कवि एवं पत्रकार मीनकुमार नवोदित र समाजसेवी किशोर बराल माला लगाएर स्वागत गरे । ‘झोराहाटमा साहित्य’ शृंखलाले नयाँ र पुराना पुस्तालाई जोड्ने नाट्य समूहका अध्यक्ष गुरागाईंले बताए । शृंखलाले गाउँ र सहर, देश र विदेशलाई समेत जोड्ने उनको भनाइ थियो । “यो शृंखलाले साहित्यिक मनलाई जोड्न सफल हुनेछ,” गुरागार्ईंले थपे, “त्यसका लागि सबैको सहयोगको खाँचो छ ।” नाट्य समूहले केही दिनअघि मात्रै ‘मालिनी’ नाटक मञ्चन सम्पन्न गरेको थियो । अब छिट्टै अर्को नाटक पनि लिएर दर्शक माझ आउने नाट्य निर्देशक सुदीपजंग कार्कीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर