RUMPUM
animated ellipse animated ellipse

चेतनाका ५ वटा पुरस्कार घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०७३, आईतवार २१:१३
3
Shares
२ माघ,विराटनगर / एक दशकभन्दा लामो समयदेखि साहित्य, कला, संस्कृतिलगायतका क्षेत्रमा सक्रिय चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न विधाका पाँचवटा पुरस्कारको घोषणा गरेको छ ।
आज आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले पत्रकारिता, साहित्य, समाजसेवा, धर्मसंस्कृति र कलाकारितासम्बन्धी पुरस्कारको घोषणा गरेको हो ।
घोषित पुरस्कारअन्तर्गत ‘नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार’ पत्रकार किशोरकुमार कार्की, ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, ‘भूपेन्द्र–शोभा रिजाल कला चेतना पुरस्कार’ कलाकार रमेश खनाल, ‘बालकृष्ण–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कार’ देवघाट संस्कृत विश्वविद्यालयका प्राचार्य डाक्टर गुरुप्रसाद सुवेदी र ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार–२०७३’ माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई समर्पण गर्ने निर्णय गरेको छ ।
सबै पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ र सम्मानपत्र रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । घोषित पुरस्कार माघ २९ गते होटल जेनियलमा विशेष समारोह आयोजना गरेर प्रदान गरिने प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले बताइन् । २०६१ साल साउनमा स्थापित प्रतिष्ठानले यसअघि विभिन्न क्षेत्रका ५० जना व्यक्तिहरुलाई सम्मान गरिसकेको छ ।
२०६३ सालदेखि सम्मान समर्पण गर्दै आए पनि गत वर्षदेखि भने प्रतिष्ठानले नगदसहित पुरस्कार र सम्मान प्रदान गर्न थालेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । प्रतिष्ठानले समय–समयमा चित्रकला प्रदर्शनी, साहित्यिक गोष्ठी, अन्तरक्रियासमेत आयोजना गर्ने गरेको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका संरक्षक दीनबन्धु गोयल, मकालु टेलिभिजनका अध्यक्ष दिनेश सुवेदी, समाजसेवी बेनीगोपाल मुन्दडा, प्रतिष्ठानका सचिव उमेश दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर