पूर्वाञ्चल खबर
विराटनगर / अपाङ्ग व्यक्तिले शिक्षालाई उच्च प्राथमिकता दिनु पर्ने प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बताएका छन् ।
आज विराटनगरमा सामाजिक विकास मन्त्रालय प्रदेश १ र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश समितिले आयोजित अपाङ्ग भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रदर्शनी तथा अधिकारी सम्वन्धी सचेतनामूलक कार्यक्रमको १० वटा विरुवामा पानी सिंचित गरी उद्घाटन गर्दै उनले अपाङ्गको सोचलाई शिक्षा,सीप, उत्पादन, वजार, रोजगारी र मुलुकको समृद्धीसग जोड्न आग्रह गरे ।
अपाङ्ग महिलामा समानता र सक्षमता वृद्धि भएको खुशी व्यक्त गर्दै प्रदेश प्रमुख अधिकारीले अझ यसलाई अन्य अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्ने आवश्यक्ता रहेको बताए । उनले मुलुकमा अपाङ्ग मैत्री वातावरण निर्माणको क्रम वृद्धि भइरहेको चर्चा गर्दै यस अभियानका अभियन्ताले अपाङ्गहरुको उत्थानका लागि उनीहरुमा सक्षमता विकास गरी समाज दह्रो उपस्थिति गरानु पर्नेमा जोड दिए ।
दश भिन्न प्रकृतिका अपाङ्गहरुलाई सीपमूलक तालीम व्यवस्था गरिने जानकारी दिदै सामाजिक विकासमन्त्री जीवन घिमिरेले उनीहरुलाई तीरस्कृत सम्मानति जीवन यापनको व्यवस्था गर्नु हामी सैवको कत्तव्र्य रहेको बताए । उनले मोरङको धनपालथान गाउँपालिकामा ११ विघा क्षेत्रमा निर्माण गरिने जेष्ठ नागरिक गृहमा एउटा अपाङ्ग तालीम केन्द्र यसवर्षदेखि सञ्चालन गरिने जानकारी समेत दिए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले नगर क्षेत्रमा निर्माण गरिने फूटपाथ र सडक अपाङ्ग मैत्री हनुपर्नेमा जोड दिए ।
राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा अपाङ्गलाई छट्याइएको पाँच प्रतिशत आरक्षण नहटाउन आफ्नो क्षेत्रका राजनीतिक दलका नेताहरुलाई दवाव दिनु पर्नेमा जोड दिए ।
बेलका नगरपालिका उपप्रमुख राजकुमारी चौधरी, प्रदेश अपाङ्ग संघका अध्यक्ष पार्वता श्रेष्ठ, गैर सरकारी संघका प्रदेश उपाध्यक्ष सीता शर्मा र अपाङ्ग कार्यक्रम संयोजक विमल वस्नेतले ग्रामीण क्षेत्रका विद्यालय, अस्पताल, होटल तथा कायक्रम स्थल अपाङ्ग मैत्री हुनु पर्ने बताए ।
प्रदेश प्रमुख अधिकारी, सामाजिक विकासमन्त्री घिमिरेले मन्त्रालयले गत वर्ष ५० जनालाई अपाङ्गहरुलाई प्रदान गरेको सीपमुलक तालीमवाट उत्पादन गरिएका घरेलु वस्तुहरुको विभिन्न १० विक्री कक्ष स्टलमा अवलोकन समेत गरे ।
तीन दिने उक्त कार्यक्रममा प्रदेशका विभिन्न प्रकृतिकका दुई सय अपाङ्गहरुले छलफल पछि प्रदेश सरकारले गर्नु पर्ने कार्यका सम्वन्न घोषणा पत्र जारी गर्ने छन् । प्रदेश ९० हजार विभिन्न प्रकारका अपाङ्ग रहेका छन् ।