भवन संहिताका अनुसार नबने सरकारले बाध्य भएर भत्काउने– मन्त्री केसी
पूर्वाञ्चल खबर
२ माघ २०७३, आईतवार १९:४९
3
Shares
फाइल तस्वीर
२ माघ, विराटनगर /सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले अब बन्ने संरचनाहरु भवन संहिताका अनुसार नबने सरकारले बाध्य भएर भत्काउने बताएका छन् ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले १९ औ भुकम्पीय सुरक्षा दिवसका अवसरमा आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भवन संहिता पारित भइसकेकाले अब बन्ने भवनहरु भुकम्प प्रतिरोधि नबनाइए त्यस्ता संरचनाहरु सरकार भत्काउन बाध्य हुने बताए ।
मन्त्री केसीले सहरी विकास मन्त्रालयले भवन संहिता बनाउने र त्यसको कार्यान्वयन चाहि नगरपालिकाहरुले गर्नुपर्ने तर सरकारी संयन्त्रहरुबिच समन्वयनको अभाव हुदा नमिलेका नक्साहरु समेत पास हुने गरेको बताए । यो समस्याको समाधानका लागि आफु लागि परेको उनले बताए ।
मन्त्री केसीले अहिले बनेका नगरहरुमा न्युनतम सुविधाहरु नभएको तर नागरिकहरुले कर भने बढि तिर्नू परिरहेको उनले बताएका छन् । त्यसैले नयाँ बनेका नगरहरुमा पनि न्यूनतम सुविधाहरु पुर्याउन तर्फ लागिपरेको उनले बताए ।