पूर्वाञ्चल खबर
विराटनगर / मोरङको पथरी शनिश्चरे नगरपालिका – ६ दिपेन्द्रचौकस्थित एनसेल टावरको आगजनी गरेको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द (विप्लव)नेतृत्व समूहका थप दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीले मोरङ मिक्लाजुङ्ग गाउँपालिका – ३ स्थित ३५ वर्षिय जगमबहादुर पुलामी मगर र सोही ठाउँका ६३ वर्षिय गोविन्द कार्कीलाई हिजो साँझ पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई मिक्लाजुङ्ग गापाबाट पक्राउ गरेको मोरङ प्रहरीका निमिक्त प्रवक्ता प्रहरी निरीक्ष ऋषिराज ढकालले जानकारी दिए ।
गत साउन १५ गते पथरीशनिश्चरे नपामा रहेको ऐनसेलको टावरमा राती आगोजनी भएको थियो । उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले ९ जनालाई प्रतिवादी बनाएको छ । यस अघि पथरीशनिश्चरेका २ का ४५ वर्षिय दिपक आचार्य पक्राउ परेका थिए । आर्चायलाई प्रहरीले मंसिर १३ गते पक्राउ गरेको थियो । प्रहरीले आचार्य र शनिबार पक्राउ परेका कार्की र मगरको पनि अदालतमा म्यात मिलान गरिसकेको बताइएको छ ।
इप्रका पथरीले उनीहरूको अनुसन्धान पूरा गरि सरकारी वकिलको कार्यालयमा आइतबार अभियोग बुझाइ सकेको छ । सरकारी वकिलको कार्यालय मुलुकी अपराध संहिता २०७४ बमोजमि मोरङ अदालतमा थुनामा रहेका तीन जना सहित अन्यलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गर्ने तयारी गरेको छ । अदालतमा उनीहरू विरुद्ध मुद्दा दायर भएपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसले साधरण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिनेछ ।