RUMPUM
animated ellipse animated ellipse

पञ्चायन विद्या मन्दिरमा नगरस्तरिय कराते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ पुष २०७६, शनिबार १८:२८
3
Shares

सुनसरी / निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन प्याब्सन रामधुनी नगर समितीको आयोजनामा नगर स्तरिय कराते प्रतियोगिता सम्पन्न भएको छ ।

रामधुनी ७ स्थित पञ्चायन बिद्या मन्दिरमा सम्पन्न प्रतियोगितामा रामधुनी नगरक्षेत्रका एक दर्जन बिद्यालयका एक सय बढी बिद्यार्थीले सहभागिता जनाएका छन । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ बिद्यालय तहका बिद्यार्थीको अतिरिक्त क्षमता अभिबृद्दी गर्नका लागि कराते प्रतियोगिता आयोजना गरेको पञ्चायन बिद्या मन्दिरका प्राचार्य दिपेन्द्र बिष्टले जानकारी दिए ।

प्रतियोगिताको रामधुनी नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले उद्दघाटन गर्नुभयो । बिभिन्न उमेर समुहका आधारमा खेलाइएको प्रतियोगिताका बिजयी बिद्यार्थीहरुलाइ पुरस्कार समेत बितरण गरिएको थियो । कराते प्रतियोगिता सकिएपछी केही दिनमा नगरस्तरिय फूटबल प्रतियोगिता आयोजना गरिने बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर