पूर्वाञ्चल खबर
विराटनगर /प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राज्यले प्रदान गरिने कृषि अनुदानलाई प्रभावकारी कार्यन्वयनमा लैजानु पर्ने बताएका छन् ।
प्रदेश सरकारबाट हालै पारित भएको कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यविधि २०७६ पनि स्वीकृत भइसकेकोले राज्यले प्रदान गरिने कृषि अनुदानलाई प्रभावकारी कार्यन्वयनमा लैजानुपर्ने बताएका हुन् ।
कृषि विकास निर्देशनालय पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ ले विराटनगरमा आज आयोजना गरेको चालु आर्थिक वर्षको प्रथम चौमासिक समिक्षा गोष्ठीको समापन शत्रमा बोल्दै मुख्यमन्त्री राईले अनुदानसँग सम्बन्धीत कार्यक्रमलाई रिर्सच गरेर प्रभावकारी कार्यन्वयन गरिनुपर्ने बताए । ‘प्रदेश सभामा संसद, विषयगत समिति, अन्य विज्ञहरूको उपस्थीति र लामो समयसम्मको छलफलपछि एकीकृत कार्यविधि तर्जुमा तयार भएको छ,’ मुख्यमन्त्री राईले भने, ‘कृषि व्यवसाय प्रर्वद्धन अनुदान कार्यविधि प्रदेश सरकारबाट स्वीृकत भइसकेको छ । राज्यबाट हुने अनुदानलाई प्रभाकारी कार्यन्वयनमा लैजान सकिनेछ ।’ यसको कार्यन्वयनमा सबैको साथ सहयोगको साचो रहेको मुख्यमन्त्री राईले बताए ।
पहिलो चौमासिक सन्तोषजनक रहेको बताउँदे मुख्यमन्त्री राईले दोस्रो चौमासिकमा तिव्र गतिमा काम गरिनुपर्ने जिम्मेवारी रहेको बताए । जेठ १५ गते भित्रमा बजेट खर्च गरिसक्ने गरि कर्मचारीलाई काम गर्न मुख्यमन्त्री राईले निर्देशन दिए । ‘दोस्रो चौमासिक महत्वपूर्ण समय हो,’ उनले भने, ‘यो समयमा धेरै भन्दा धेरै काम गरिनु पर्दछ ।’ कर्मचारीलाई निर्देशन दिदै मुख्यमन्त्री राईले काम गर्ने शैली, कार्यसम्पादनलाई फरक बनाएर जनताले अनुभूति हुने सेवा प्रभाह गरिनुपर्ने बताए ।
मुख्यमन्त्री राईले कृषि प्रणालीलाई बदलेर कृषिलाई व्यवसायिक बनाउनुपर्ने बताए । उनले कृषिलाई औद्योगिकरण, औजारिकरण गरि व्यवसायिक बनाउन जरूरी रहेको बताए । कृषकको तत्काल समस्याको सावधन गरिन कृषिलाई पनि आइटीसँग जोडनुपर्ने मुख्यमन्त्री राईको भनाई थियो ।
कार्यक्रममा प्रदेश १ का मुख्य सचिव सुरेश अधिकारीले पहिलो चौमासिक खर्चमा कृषि उपकरण गरिखदमा सन्तोषजनक देखिएको बताए । कृषिलाई प्रविधिमैत्री बनाएर अगाडी बढनुपर्ने उनले बताए । मुख्य सचिब अधिकारीले कृषकलाई आवश्यक पर्ने मलखाद समयमा उपब्ध गराउनुपर्ने बताए ।
कार्यक्रममा प्रदेशका योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेल, कृषि विज्ञ पिताम्बर दाहाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ का सचिब डा. विमल ‘निर्मल’ लागायले कृषिलाई औद्योगिकरण तर्फ अगाडी बढाउनुपर्नेमा जोड दिए । दुई दिनसम्म संचालन भएको गोष्ठीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ अन्तर्गतका कार्यालयले पहिलो चौमासिक प्रगति प्रस्तुत गरेका थिए ।