RUMPUM
animated ellipse animated ellipse

‘बहुसंख्यक सार्वजनिक स्कूल रुग्ण उद्योग जस्ता भए’ –शिक्षामन्त्री पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ मंसिर २०७६, शनिबार १४:३६
3
Shares

विराटगनर /शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई उत्पादन र विकाससँग जोड्नु पर्ने बताएका छन् ।

शिक्षालाई उत्पादनमा जोड्न नसक्दा अधिकांश सार्वजनिक विद्यालय रुग्ण उद्योग जस्तो भएको उनले बताए । उत्पादनमा जोडिए विद्यालययहरुको सबलीकरणको प्रकृयाय अघि बढ्ने मन्त्री पोखरेल भनाई थियो ।

प्रेस संगठन मोरगले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले सुर्खेतको एउटा विद्यालयले मह उत्पादन गरेर सोल्टी होटलमा आपुर्ती गरिरेहो उनले भने ‘उत्पादनसँग जोडिएका विद्यालयहरु सबल र स्तरीय भएका उदाहरण पनि थप्रै छन् ।’ मन्त्री पोखरेलले सरकारले अहिले सबै सार्वजनिक स्कूलहरुलाई सबलीकरण गर्ने प्रकृया सुरु गरेको बताए ।

मन्त्री पोखरेलले सार्वजनिक शिक्षालाई भौतिक पूर्वाधार, शिक्षक दरबन्दी तथा सिकाई विधि र आवश्यक सुविधा उपलब्ध गराएर सबलीकरण गरिने बताएका हुन् ।

हिमाली तथा पहाडी क्षेत्रमा आवासीय विद्यालय सञ्चालन गर्ने सरकारको योजना रहेको मन्त्री पोखरेलले बताए । विद्यार्थी संँख्या थोरै भएका विद्यालयहरु आपसमा समायोजन गर्ने र आवाससहितको विद्यालय चलाउने योजनामा सरकार रहेको छ । ‘पहाड र हिमालमा थोरै विद्यार्थीहरु भएका स्कूल मर्ज गर्नुपर्छ,’ मन्त्री पोखरेलले भने ‘टाढाका विद्यार्थीलाई आवासीय विद्यालयमा राखेर शिक्षा दिनुपर्छ र प्राविधिक तर्फ त आवासीय विद्यालयनै अनिवार्य हुन्छ ।’

सरकारले शिक्षा नीति तर्जुमा गरेर आगामी १० वर्ष भित्र सार्वजनिक विद्यालयहरुको सुधारमा काम गरिरहेको मन्त्री पोखरेलले बताए । बिक्रम सम्वत् २०८५ सालसम्म सबै नागरिकले आधारभूत शिक्षा पाउने दावी गर्नुहुँदै उनले त्यसपछि आधारभूत शिक्षा नलिएका नागरिकले बैंक खाता खोलन नपाउने व्यवस्था हुने बताए ।

आगामी दशक शिक्षाको गुणस्तर सुधारमा काम गर्ने जानकारी दिनुहुँदै मन्त्री पोखरेलले सार्वजनिक निजी र सहकारीले शिक्षालय सञ्चालन गर्नसक्ने संवैधानिक हक सुरक्षित हुने बताए । निजी विद्यालयलाई निषेश नगर्ने तर सार्वजनिक शिक्षा सबल भएपछि निजीहरु कमजोर हुने उनको तर्क थियो । सबैभन्दा सार्वजनिक शिक्षा अब्बल बनाएर सबैलाई सेवा दिने तर्फ सरकार योजनावद्ध ढंगले अघि बढेको मन्त्री पोखरेलको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर