पूर्वाञ्चल खबर
झापा / झापामा लागुऔषध ब्राउन सुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ का २२ बर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । यसैगरी गोप्य सूचनाका आधारमा प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली घर भई झापाको कमल गाउँपालिका ५ मा डेरा गरी बस्ने २६ बर्षीय दिपेश तामाङको कोठाबाट ९.२० ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
तामाङको कोठाबाट ब्राउन सुगर बरामद भएसंगै तामाङलाई समेत पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।