RUMPUM
animated ellipse animated ellipse

बालबिबाह गर्ने पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ मंसिर २०७६, बिहीबार १८:४६
3
Shares

उदयपुर / बाल बिबाह गरेको आरोपमा उदयपुर प्रहरीले १९ बर्षीया बेहुली, २४ बर्षीय बेहुला र उनीहरुका अभिभावकलाई पक्राउ गरेको छ ।

बालबिबाह भईरहेको भन्ने उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले बेहुला–बेहुली र उनीहरुका अभिभावकलाई नियन्त्रणमा लिएको हो ।

बेहुला २४ वर्षीय भुपध्वज कार्की, उनका बाबु पदमबहादुर कार्की, बेहुली १९ वर्षीया लेखाकुमारी थापा र उनका बाबु रुद्रदबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ल्याएको उदयपुरले जनाएको छ । स्थानीय बाल क्लब, जनप्रतिनिधि र प्रहरीसमेतको रोहवरमा बधुको उमेर २० वर्ष पुगेपछि बिहे गरिदिने सहमति भएसँगै बेहुला–बेहुललाई अभिभावको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर