पूर्वाञ्चल खबर
मन्त्रालयहरुका काम तिव्र रुपमा अगाडी नबढ्दा जनताले दुःख पाइरहेको बताउदैं मुख्यमन्त्री आचार्यले विकास निर्माणका योजना, अड्किएका ठेक्का सम्झौता तत्काल कार्यन्वयन गर्न निर्देशन दिएका हुन् । उनले कामलाई केन्द्रविन्दुमा राखेर सबै कार्यालय प्रमुखहरुले काम गर्न निर्देशन समेत दिए। ‘सबै साथीहरुले मेहनेत गरिरहनु भएको छ । तर मेहनत परिणाममुखी हुन नसकेकाले कामलाई परिणाममुखी बनाउनुहोस् ’उनले भने । नियम , ऐनले बाधा भएका योजनाहरु, कार्यक्रमहरु भए तत्काल प्रमुखसचिवसँग समन्वय गरेर समाधान गर्न उनले बताए ।
मुख्यमन्त्री आचार्यले दैनिक कार्ययोजना बनाएर परिमाणमुखी काम गर्न सबै कर्मचारीलाई निर्देशन दिए । उनले मन्त्रालय, विभाग अन्तर्गतका आफ्ना कार्यालयका कर्मचारीहरुलाई राखेर छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन जारी गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुखहरुलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर मुख्यमन्त्री आचार्यले निर्देशन दिएका हुन् ।
छलफलमा प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले सबै मन्त्रालयका सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन अनुसार काम कारवाही गर्न आग्रह गरेकोमा ।