AArya
RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्य मन्त्री ढकालसँग सेवाग्राहीको अनुरोध चिकित्सक पुरा समय कोशी अस्पताललाई दिउन्

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ मंसिर २०७६, बुधबार १९:२१
3
Shares
विराटनगर/ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल विराटनगरस्थित कोशी अस्पतलमा निरीक्षणमा आउँदा सेवाग्राहीले समस्याहरू राखेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएपछि दोस्रो पटक उपत्यका बाहिर कोशी अस्पतालको निरीक्षणमा आज आएका थिए । यस अघि पहिलो पटक चितवनस्थित बिपी क्यान्सर अपस्ताल र भरतपुर अस्पतालको निरीक्षण गरेका थिए ।

अस्पतालको सभाहलमा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा स्थानिय दिपा पाठकले कोशीमा कार्यरत चिकित्सक समय सिमा भित्रसम्म नबस्ने समस्या रहेको मन्त्री ढकाल समक्ष गुनासो पोखिन् । ‘कोशी अस्पतालमा ओपीडिमा चिकित्सक समय सिमासम्म नबस्ने समस्या रहेको छ,’ मन्त्री समक्ष विरामीको गुनासो सुनाउँदै उनले भनिन्, ‘यहाँ आएका विरामीले ओपीडिमा पहिलो पटक समस्या राखेपछि रिपोर्ट देखाउँने बेलामा चिकित्सक भेटन सकिदैन । रिपोर्ट दखाउँन भोलीपल्ट आउनुपर्ने समस्या छ । १ बजेपछि कोशीको ओपिडिमा विशेषज्ञ चिकित्सक भेटन सकिदैन ।’ हालै कोशीका मेडिकल सुपरीटेन्टडेण्ड(मेसु) डा. गुणराज लोहनीले विहान १० देखि ४ बजेसम्म चिकित्सक ओपीडिमा रहने संचारमाध्यमबाट जानकारी गराएका थिए । तर, अहिले पनि कोशीमा समयसिसम्म चिकित्सक नबस्ने समस्या छ ।

‘चिकित्सक समयसम्म अस्पतालमा बसिदिए टाडाबाट आएका विरामीलाई सहज हुने थियो,’ उनले मन्त्री सक्षम पुनः दोर्हराएर भनिन्, ‘यहाँ १ बजेपछि चिकित्सक भेटिदैन । नभेटेपछि भोलीपल्ट रिपोर्ट देखाउनुपर्ने समस्या छ । मन्त्रीज्यू यस्तो समस्यको हल गरिदिनुप¥यो ।’ कोशीका चिकित्सक १ बजेपछि निजी क्लिनिक र निजी हस्पिटल जाने गरेका छन् ।

कार्यक्रममा कोशी अस्पतालको नर्सिङ्ग प्रशासककी मन्जु यादवले दरबन्धी अनुसारको कर्मचारी नुहदा कोशीमा काममा समस्या आएको बताइन् । उनले समायोजनले पनि अहिले समस्या ल्याएको बताइन् । यहाँबाट जाने र नआउने समस्याले काममा कठिनाइ भएको उनको भनाई थियो ।
समस्या सुनेपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले मन्त्रालय सरुवा भएर आएपछि सूची तयार पारेर काम अगाडी बढएको बताए । ‘समायोजनमा करिब ७ हजार जनाको गुनासो छ,’ उनले भने, ‘सुगम र पहुच भएका व्यक्तिहरू नचाहिने दरबन्दीमा रहने गरेको जानकारी पाएको छु । अब यस्तो प्रवृतिको अन्त्य हुनेछ ।’ राजनैतिक आकंक्षा पूर्ती गर्ने बहनामा स्वास्थ्य क्षेत्रमा समस्या आएको उनले बताए । समस्याको सावधान गरि आगमी दिनमा अगाडी बढ्ने मन्त्री ढकालले बताए ।

सरकारले ल्याएको स्वास्थ्य विमाको कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडी बढाउन आफु लागि परेको उनले बताए । सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रूपमा आगडी बढने उनको भनाई थियो । मन्त्री ढकालले कोशी अस्पतालले थप सेवा विस्तार गरेर भएपनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिए । ‘पैसाको कमिले सेवा विस्तार र उपचारमा कमि हुनु हुदैन,’ मन्त्री ढकालले भने ।

कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशका सामािजक विकास मन्त्री जीवन घिमिरले प्रदेशको राजधानी रहेको शहर विराटनगर पछिल्लो समय स्वास्थ्य क्षेत्रको हबको रुपमा विकास भएको बताए । राजधनीमा रहेको कोशी अस्तपाललाई सबैको साथ सहयोगबाट सुधार गरि गुणस्तरीय सेवा प्रदानमा जोड दिनुपर्ने उनले बताए । ‘अस्पतालको सेवाप्रति जनविश्वास बढदै गएको छ,’ उनले भने, ‘अस्पतालको सेवा विस्तारमा अब लाग्नुपर्दछ ।’ इतिहास बोकेको अस्पताललाइको जिर्ण अवस्थामा रहेका भवनहरू भत्काएर नयाँ भवन र थप सेवा विस्तार गरिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर