पूर्वाञ्चल खबर
विराटनगर / नेपाली कांग्रेसका महामन्त्री डा. संशाक कोइरालाले मुलुकको आर्थीक समवृद्धीकालगी राजनितीक सहमती अपरिहार्य रहेको वताएका छन् ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्दै उनले मुलुुकको हितकालागि कांग्रेस सधै सहमती चाहेकोमा जोड दिए । महामन्त्री डा. कोइरालाले कांग्रेसको भुमिका यतिखेर मुख्य प्रतिपंक्षमा रहेपनि मुलुकको विकासका लागी सरकारसंग सहकार्य गर्न तयार रहेको वताए । उनले संविधानको सफल कार्यान्वयका लागी पनि सहमतीको विकल्प नभएको समेत वताए ।
महामन्त्री डा. कोइरालाले कांग्रेसले आफनो माग पुरा गर्ने नाममा कांग्रेसले कहिले पनि सडकमा टायर वालेर आन्दोलन नगरेकाले पनि सकारात्मक प्रतिपंक्षको भुमिका कांग्रेसले निर्वाह गरिहेको प्रष्ट रहेको बताए ।
महामन्त्री डा. कोइरालाले सरकार गठन भएको दुई वर्ष विति सक्दा पनि ठोस योजना दिन नसकेको भन्दै दुई तिहाईको वलियो सरकारले जनतालाई केन्द्र विन्दुमा राखेर विकास निमार्णमा लाग्नु पर्ने वताए । दुई तिहाईको सरकारप्रति जनताको ठुलो विश्वास रहेकाले पनि गरिव जनताको सपना पुरा गर्न विकास प्रती सरकार उन्मुख हुनु पर्ने उनको भनाई थियो । महामन्त्री डा. कोइरालाले धर्म निरपेच्छ भन्दा पनि धर्म स्वतन्त्रताको पंक्षमा आफु रहेको वताए । हिन्दुराष्ट्र आफनो एजेन्डा धर्म स्वतन्त्र हुनुपर्छ भन्ने आफनो जिकिर रहेको उनको भनाई थियो ।
महामन्त्री डा. कोइरालाले कांग्रेसका महाधिवेशनको मिति तोकिएको समयमा हुनु पर्ने वताए । उनले कांग्रेसको विधान अनुसार महाधिवेशनको मिति एक वर्षसम्म थप्ने व्यवस्था भएपनि ६ महिना वा एक वर्षमात्र महाधिवेशनको म्याद थप्दा उचित हुने वताए ।