AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को राजधानी विराटनगरको सिंगिया खोलाबाट सरसफाई अभियान सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७६, शनिबार १५:१९
3
Shares
विराटनगर । हामी सबैको सान भन्ने मुल नाराको साथ प्रदेश १ को राजधानी विराटनगरको सिंगिया खोलाबाट सरसफाई अभियान सुरु भएको छ ।

प्रदेश १ सरकारको समाजिक बिकास मन्त्रालय र विराटनगर महानगरपालिका सहकार्यमा प्रदेशको राजधानी विराटनगर स्थित सिंघिया नदीबाट आजदेखि सरसफाई अभियान सुरु भएको हो ।

विराटनगर महानगरपालिका १ पुष्पलालचौक स्थित घिनाघाटबाट पञ्चेबाजा सहित सिंघिया नदी सरसफाई अभियानको आज प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले खोलामा फेहोर उठाएर अभियानको सुरु गरे । फहोर उठाउनु अघि उनीहरुले नदी किनारमा पुजा पनि गरेका थिए ।

सरसफाई अभियानमा महानगरपालिका प्रमुख भीम पराजली , उपप्रमुख ईन्दिरा कार्की , मन्त्रालयका सचिव , प्रहरी, शसस्त्र प्रहरी नेपाली सेना , राजनैतिक दल , पत्रकार , समाजिक संघसँस्था र स्थानियबासीसहित प्रतिनिधिहरु सयौले सहभागीता जनाए । सिंघिया नदी सरसफाई अभियान हरेक महिनाको १५ दिनमा पर्ने शनिवार संचालन हुनेछ ।

पहिलो अभियानलाई नमुनाका रुपमा संचालन गरेको र सफल भएमा प्रदेश भरि अभियान सञ्चालन गर्ने मन्त्री घिमिरेले जानकारी दिए ।

मन्त्री घिमिरेले आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता गर्नुको साथै आगमी पौष ५ गते पनि यस्तो कार्यक्रमको आयोजना हुने बताए ।

नगर प्रमुख पराजुलीले सरसफाई महाअभियान रहेकोले यसमा आफुले आफुलाई जागृत, जागरण गराउने सचेतना मूलक कार्यक्रम रेहेको बताए । उनले सरसफाई अभियानलाई दिर्घकालिन योजनाका साथ शुरु भएको बताए । यस कार्यक्रममा प्रदेश सरकार, महानगरपालिका, कटहरी गाँउपालिका, ग्रामथान गाँउपालिका, बुढीगंगा गाँउपालिका जहदा गाँउपालिका लगायत पाँच वटा स्थानिय तरह, प्रदेश सरकार, सेना प्रहरी तथा संघ संस्थाको उपस्थिती रहनुको साथै स्थानियवासीले पनि सहभागी जनाएका थिए ।

उक्त अभियानका लागी मन्त्रालयले भने १ सय जोर गम्बुट, १ सय थान डोको, १ हजार ५ सय पिस मास्क, ५ सय पिस डिस्पोजेवल पन्जा, खानेपानी, माईक तथा स्पिकरको व्यवस्था गरेको थियो । त्यस्तै महानगरपालिकाले ७ सय थान एप्रोन, १ सय थान फोहोर तान्ने काँटा, २० थान बेल्चा, २० थान दबिया, ५० थान कचिया, २० थान फोरुवा, २० थान डस्विन, २० पिस डोरी र प्रचारप्रसार तथा फोहोर उठाउने सवारी साधनको व्यवस्थापन गरेको थियो । कटहरी गाउँपालिकाले २ सय जोर गम्बुट र ६ सय जोर लामो पन्जाको व्यवस्था गरेको थियो भने बुढिगंगाले ६५ जोर गम्बुट, जहदाले ५० थान फोहोर तान्ने काँटा र ग्रामथानले ६५ जोर गम्बुट उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर