RUMPUM
animated ellipse animated ellipse

विराटनगर जेसिजको अध्यक्षमा खरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७६, आईतवार १६:५०
3
Shares

विराटनगर / विराटनगर जेसिजको अध्यक्षमा उज्वल खरेल सर्वसम्मत रुपमा चयन भएका छन् । खरेल वर्ष २०२० को लागि अध्यक्षमा चयन भएका हुन् ।

‘एक वर्ष एक पद एक व्यक्ति’ को धारणा रहेको युवाहरुको साझा संगठन जेसिजमा ४५ वर्षको इतिहास बोकेको नेतृत्व उत्पादन गर्ने संस्था हो ।

बरिष्ठ कार्यकारिणी उपाध्यक्ष प्रदिप दाहाल ,तालीम निर्देशक प्रीतेसराज दाहाल ,कार्यकारिणी उपाध्यक्ष सिदार्थ साह ,विज्ञान बस्नेत ,उपाध्यक्ष कविराज दाहाल , पुजा शर्मा ,सन्राइज चौधरी , रमेश अधिकारी ,जनसम्पर्क अधिकारी प्रवेश दुलाल निर्विरोध चयन भए । अरु पदाधिकारी अध्यक्षले मनोनीत गर्ने ब्यवस्था अनुसार कानुनी सल्लाहकार ,महासचिव ,कोषाध्यक्ष र सह–सचिव पदस्थापन कार्यक्रमको दिन बोर्डले पूर्णता पाउने निर्वाचन आयुक्त राजेन्द्र थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर