AArya
RUMPUM
animated ellipse animated ellipse

फिदिम नगरपालिकाको बजेट करीब १० करोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७३, शुक्रबार १९:३६
3
Shares
२९ पुस, फिदिम /चालु आर्थिक वर्षकोे ९ करोड ६० लाख ४६ हजार २ सय २२ रुपैंयाँको बजेटसहित नीति र कार्यक्रम सार्वजनिक गर्दै फिदिम नगरपालिकाको चौथो नगर परिषद् सम्पन्न भएको छ ।
परिषदमा नगरपालिकाका कार्यकारी अधिकृत निरजकुमार देवले चालु आर्थिक वर्षको बजेटसहित आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम र आयव्यय प्रस्तुत गरे । आगामी वर्षका लागि भने चालु आर्थिक वर्षको तुलनामा ंथप १० प्रतिशत वृद्वि गरी ९ करोड ८५ लाख ४३ हजार २ सय रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
नगरपालिकाले चालु र आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ, खानेपानी, सरसफाई पर्यटन विकास र लक्षित वर्गलगायतका २० वटा शीर्षकलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने कार्यकारी अधिकृत देवले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर