RUMPUM
animated ellipse animated ellipse

मापदण्ड विपरित बनाएको नाला भत्काइयो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०७६, बुधबार १९:३२
3
Shares

विराटनगर/ विराटनगर – १५ स्थित हरिनगरा भट्टामा मापदण्ड विपरित निमार्ण भएको नाला स्थानियबासीले भत्काइदिएका छन् ।

तोकिएको भन्दा मापदण्ड विपरीति नालाको निमार्ण भएपछि स्थानियले भत्काइदिएका हुन् ।

उपभोक्ता समितिमार्फत एक सता अगाडीदेखि विराटनगर – १५ स्थित हरिनगरा भट्टामा नाला निमार्णको काम भइरहेको छ । १२ लाख रुपैयाँमा गोपाल साह अध्यक्ष रहेको उपभोक्ता समितिले गत असारमा विराटनगर १५ को वडा कार्यालसँग सम्झौता गरि एक साता अगाडीदेखि नाला निमार्णको काम सुरु गरेको हो । १० सेन्ट्रिमिटरको नालासहित १४ फुटको रड लगाएर ८७ मिटरको आर.सि.सि ढलाई ०७६ मंसिर अन्तिम सम्ममा सक्ने गरि काम सुरु भएको थियो । नाला निमार्णको काम सुरु गरेको एक सातामा मापदण्ड विपरीत काम भएपछि करिब २० मिटर निमार्ण भएको नाला स्थानियले भत्काइदिएको विराटनगर १५ का वडा अध्यक्ष असलम आलमले जानकारी दिए ।

‘१४ फुटको सडकमा १० सेन्ट्रि मिटरको नाला बनाउनुपर्ने मापदण्ड कायम गरिएको थियो,’ वडा अध्यक्ष आलमले भने, ‘भट्टाचौकमा निमार्ण भइरहेको नाला मापदण्ड विपरित ५ सेन्ट्रिमिटरको मात्र भएको पाइयो । मापदण्ड विपरित नाला निमार्ण भएको भेटिएपछि अहिले भत्काइएको छ ।’ मापदण्ड विपरित करिब २० मिटर बनाएको सडक भत्काएर पुनः मापदण्ड कायम गरि निमार्ण गर्न निर्देशन दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर