पूर्वाञ्चल खबर
उदयपुर / उदयपुर त्रियुगा नगरपालिका ६ बाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन ।
आज दिउँसो प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले कटारीबाट गाईघाटतर्फ आउदै गरेको ना ४ ख ५८२४ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार कटारी ५ का २१ बर्षीय रामकुमार सदालाई २ सय ग्रामलागु औषध गाँजासहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।