पूर्वाञ्चल खबर
पोखरा / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप लगाए ।
पोखरामा आज भएको चुनावी सभामा सभापति देउवाले ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै नसक्ने दाबी गरे । ओलीले यसअघि राष्ट्रवादको नाममा जनतालाई ढाँटेर चुनाव जितेको भन्दै देउवाले ओलीको राष्ट्रवादले अहिले कालापानीमा घुँडा टेकेको आरोप लगाए ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको भन्दै देउवाले सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख रहेको र महाकालीको पानीमा पनि आधा हक लाग्ने बताए ।