RUMPUM
animated ellipse animated ellipse

सार्वजनिक यातायातमा छुटको स्टीकर टाँस्ने अभियान शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७६, शनिबार १६:३९
3
Shares

विराटनगर/ सार्वजनिक सवारीमा स्टीकर टाँस्ने अभियान शुरु गरेको छ । अपाङ्गता सिटमा ५० प्रतिशत भाडा छुटको नीतिगत व्यवस्थालाई कार्यन्वयनका लागि सार्वजनिक यातायतमा स्टीकर टाँस्ने अभियान सुरु गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर १ र जिल्ला ट्राफिक प्रहरी कार्याय मोरङले संयुक्त रुपमा सार्वजनिक यातायतमा स्टीकर टाँस्न सुरु गरिएको अपाङ्ग महासंघ १ नम्बर प्रदेशकी अध्यक्ष पार्वता श्रेष्ठले जानकारी दिइन् । विराटनगरको बसमार्पकमा जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख राकेशकुमार पाद्दार आफै खटिएर सार्वजनिक बसमा स्टीकर टासेका थिए ।

प्रदेश सरकार, ट्राफिक प्रहरी र वस व्यवसायीसँगको सहकार्यमा विराटनगर वसपार्क र काकडभिट्टा बसपार्कबाट छुट्ने र भित्रीने सार्वजनिक बसमा अपाङ्गता सिटमा ५० प्रतिशत भाडा छुट लेखिएको स्टिकर टाँस्ने काम अहिले सुरु भएको छ । विराटनगर वसपार्क र काकडभिट्टा वसपार्कबाट छुट्ने र भित्रीने सार्वजनिक सवारीमा स्टीकर टाँसेको बताइको छ । नेपाल सरकारको नीतिगत व्यवस्था बमोजिम सार्वजनिक यातायातमा सुविधा नपाएपछि अभियान सञ्चालन गर्नु परेको अपाङ्ग महासंघको प्रदेश अध्यक्ष श्रेष्ठले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर