AArya
RUMPUM
animated ellipse animated ellipse

सन्देश दास र कैलास खांकी सम्मानीत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७३, शुक्रबार १८:१८
3
Shares
तस्वीर–प्रेम लुङ्गा
२९ पुस, विराटनगर / दुई दशक भन्दा लामो समय देखि जेसीज अभियानलाई
निरन्तर अगाडी बढाउन सहयोग गर्ने दुई व्यक्तीलाई सम्मान गरिएको छ ।
‘ कि वशुधाको महान निधी मानव व्यक्तित्वमा निहीत छ ’ भन्ने जेसीज आस्थालाई आत्मा साथ गर्दै हिडेको जुनियर जेसीस विराटनगरले दुई व्यक्तीलाई सम्मान गरेको हो ।
सम्मानीत हुनेहरुमा सन् २००२ देखि जेसीजको पर्यवेक्षकको रुपमा प्रवेश गरी २०१० मा विराटनगर जेसीजको अध्यक्ष र हाल नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रहेका कैलास खाकी श्रेष्ठलाई सम्मान गरिएको हो ।
सम्मानित खाँकीले एक दशक भन्दा बढी निरन्त्तर रुपमा जेसीज अभियानलाई अगाडी
बढाउनु साथै युवाहरु माझ नेतृत्व तथा व्यत्तित्व विकासमा योगदान पुयाईएको भन्दै सम्मान गरिएको हो ।
यसै विच सन् १९९५ मा जुनियर जेसीजको सस्थापक अध्यक्ष रही २००८ मा नेपाल
जेसीजको कार्यकारिणी उपाध्यक्ष समेत रहेका सन्देश दास श्रेष्ठलाई सम्मान गरिएको हो । साथै उनले भर्खरै मोहनलाल सुखडिया युनिभसिर्टी ,उदयपुर, भारतबाट स्टाटेजीक मार्केटिङ अफ रेडियो स्टेसन नेपाल शिर्षकमा विद्यावारिधी गरेको भन्दै सम्मान गरिएको हो ।
सम्मानित व्याक्तिहरुलाई जुनियर जेसीज विराटनगरका अध्यक्ष अभिनास थापाले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर