पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ्ग स्कूलमा हाजिरजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।
स्कूल परिसरमा आयोजना गरिएको उक्त प्रतियोगिताको प्रथम रेड हाउस भयो । प्रथम हुने समूहमा सुरज पोद्धार, अनमोल राज विष्ट, सुशान्त निरौला र दिक्षा लुईटेल रहेका थिए ।
प्रतियोगिताको द्धितीय पहेलो हाउस भयो । सो हाउसमा आसिका पौडेल, आयुष बराल, समराट पोखरेल र सौगात शिवकोटी रहेका थिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले हाजिरजवाफ प्रतियोगिता आयोजना गरिएको स्कूलले जनाएको छ । हाजिरजवाफ प्रतियोगितामा कक्षा ८ र १० का विद्यार्थीहरुले भाग लिएका थिए ।