पूर्वाञ्चल खबर
करिव पाँच लाख लगानीमा विराटनगरको ट्राफिक चौकबाट १ सय मिटर दक्षिमा खुलेको विर्यानी हाउसमा १ सय मा चिकेन विर्यानी पाइन्छ ।
विराटनगरका दुई युवाले खोलेको विर्यानी हाउसमा छोटो समयमा नै ग्राहकको चाप अत्याधिक बढ्न थालेपछि यसको लोकप्रिय बन्र्दै गएको होे ।
साउदी अरबमा १५ वर्ष कुक काम गरेर आफ्नै देश फर्किएका आमिर अन्सारी र पप्पु अन्सारीद्वारा संयुक्त रुपमा सञ्चालित उक्त रोयल बिर्यानी हाउसमा सस्तोमा स्वादिष्ट विर्यानी दिन थालेपछि ग्राहकहरुको चाप बढ्न थालेको हो । पप्पु कोबास कलेजका सञ्चालन समेत हुन् । विर्यानी हाउसका सञ्चालक पप्पुले अरुतिर तीन चार सय पर्ने विर्यानी यहाँ सय रुपैयामा स्वादिष्ट विर्यानी पाउँने भएकोले ग्राहकहरुको चाप बढेको बताए । विना प्रचार प्रसार पनि ग्राहको घुइचो लागेपछि सञ्चालक पप्पु दंग रहेका छन् ।
दिनमा अनुमानित ३ सय ५० ग्राहक विर्यानी खानकै लागि आउने गरेको र घरबाट पनि प्रतिदिन सय प्लेट जति अर्डर हुने गरेको सञ्चालक पप्पुले बताए । विर्यानी हाउसलाई विस्तारै अन्य ठाउँमा समेत लैजाने सञ्चालक पप्पुले बताए । उनका अनुसार चाँडै विराटनगरको सेन्ट्रल महलमा पनि विर्यानी हाउस सुरु गर्न लागिएको छ । विर्यानी हाउसमा चिकेन, मटनलगायतका विर्यानी उपलब्ध हुने गरेको सञ्चालक पप्पुले बताए ।