AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ व्यापार संघले गर्यो भन्सार तथा राजस्व कार्यालयका प्रमुखको स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ मंसिर २०७६, आईतवार १९:२९
3
Shares

विराटनगर / मोरङ व्यापार संघले विराटनगर भन्सार कार्यालय, रानी र आन्तरिक राजस्व कार्यालय, विराटनगरमा भर्खरै सरुवा भई आएका प्रमुख भन्सार अधिकृत शिव भण्डरी र प्रमुख कर अधिकृत विमल सापकोटालाई संघमा आज स्वागत गरी भेटघाट गरेको छ ।

भेटघाट कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्डदाले बजारबाट कर उठन नसकी राजस्व घटदै गईरहेको बिषयको पनि बिशेष अध्ययन हुनु पर्ने बताएका छन् । अध्यक्ष मुन्डदाले वर्तमान समयमा देश आर्थिक मन्दीको बाटोमा अगाडी बढीरहेको बताउँदै देशमा दिनैपिच्छे नयाँनयाँ कानुन आउँदै गएकोले धेरै हदसम्म यसले पनि व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको र उद्योगी व्यापारीहरु समेत मारमा पर्दै गएको बताए ।

अध्यक्ष मुण्डदाले बजारमा उपभोक्ताहरुको संख्यामा पनि निरन्तर हस आउँदै गईरहेको र राज्यपक्षबाट समेत अभिभावकत्व र थप सहयोगको कमी भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालयमा प्रमुख बिमल सापकोटाले भने चीन र भारत जस्ता ठुल्ठुला देशहरुको तुलनामा नेपालको कुल ग्राहस्थ उत्पादन एकदमै न्युन रहेको बताए । उनले देशको अर्थतन्त्रलाई एकदमै सन्तुलनमा राखेर निकासी प्रर्वद्धन, व्यापार वृद्धि र रोजगारी सिर्जनामा ध्यान पुर्यायन सके यसले देशको राजस्व निमार्ण ठुलो योगदान पुग्ने बताए । उनले राज्य व्यवस्था र निति निमार्णमै समस्या रहेकोले यसले देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारिरहेको प्रष्ट पारे ।

विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले आफ्नो २ बर्षको कार्यकालमा दु्रत सुधार गर्नुपर्ने बिषयहरु र दीर्घकालीन सुधार गर्नुपर्ने बिषयहरुको यथाशिघ्र समाधान गर्दै जाने बताए । उनले राज्य र जनताका तर्पmबाट आउने निति र प्रतिक्रियालाई कदर गर्दै देखिने कमी कमजोरीहरु पनि बिस्तारै समाधान गर्दै जाने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर