RUMPUM
animated ellipse animated ellipse

पेस्तोलसहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ कार्तिक २०७६, सोमबार १७:५९
3
Shares

विराटनगर /मोरङ प्रहरीले अवैध हतियारसहित दुई जनालाई पक्राउ परेको छ ।

प्रहरीले मोरङ धनपालथान गाउँपालिका – ७ कदमहाका २८ वर्षिय मुकेशकुमार मण्डल र कटहरी गाउँपालिका – २ का सुरज भन्ने बिक्कीकुमार भगतलाई मोरङ प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।

छठ पूजा अवसर पारेर कटहरी गाउँपालिका १ सिंघीया खोला पूर्व आयोजना गरिएको साँस्कृतिक कार्यक्रबाट शनिबार राती प्रहरीले भगतलाई एक थान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने २ थान म्यागजिन र लोड गरिएको अवस्थामा १ राउण्ड गोलीसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । ‘साँस्कृतिक कार्यक्रम भइरहेको बेलामा उश्रृखल गतिविधि गर्ने समूहले ढुङ्गहा प्रहार गरेका थिए ।

डिउटीमा खटिएको प्रहरीले टोलीले तत्काल केही व्यक्तिलाई नियन्त्रणमा लिएर शरीर खनतलासिको क्रममा भगतको साथबाट पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको हो,’ एसपी अधिकारीले भने ।

प्रहरीले भगतलाई पेस्तोलसहित पक्राउ गरेपछि उसकै बयानका आधारमा आइतबार राती मोरङको कदमाबाट लघुबित्तीय संस्थाका फिल्ड सहायकको रुपमा कार्यरत मण्डललाई पक्राउ गरिएको हो ।

पक्राउ परेका मण्डल छठ पर्वको विदा मनाउन उदपुरबाट विदा मागेर घर आएका थिए । पक्राउ परेका अभियुक्तहरूसँग चौतर्फी रूपमा अनुसन्धान गर्दै आएको एसपी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर