पूर्वाञ्चल खबर
विराटनगर / मोरङको कटहरी गाउँपालिका पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
कटहरी गाउँपालिका २ का कृष्ण मण्डलको ४ बर्षीय छोरा काले मण्डलको आज दिउँसो पोखरीमा डुवेर मृत्यु भएको हो ।
धनपालथान गाउँपालिका ७ फुपुको घरमा बसेका काले दिउँसो पौने ३ बजे खेल्र्दै जाने क्रममा घर नजिकै रहेको माछा पोखरीमा डुबेर घाईते भई उपचारको लागि कोशी अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा दिउँसो साँढे ३ बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।