पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरका मेयर भीम पराजुलीले सदाका बर्षहरुझै यसपटक पनि छठको प्रसाद वितरण कार्यक्रम गरेका छन् ।
१६ औ पटक दण्डप्रणाम गर्दे सिगाइ घाट पुगेर छठको कठोर ब्रत बसेका उनले प्रत्येक बर्ष प्रसाद ख्वाउने कार्यक्रम राख्दै आएका छन् । आज पोखरिया स्थित आफ्नै निवासमा आयोजित प्रसाद वितरण कार्यक्रममा शुभेच्छुक तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।
प्रसाद ग्रहण गर्न प्रदेश १ प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ्ग ,सभामुख प्रदिप भण्डारी,उपसभामुख सरस्वती पोखरेल,सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली कांग्रेसका वरिष्ठ नेता बिजयकुमार गच्छदार , प्रदेशसभा सदस्यहरु , स्थानिय तहका जनप्रतिनिधीहरु ,पत्रकार, उद्योगी, नेता तथा स्थानियहरु सहभागि रहेका थिए ।