पूर्वाञ्चल खबर
सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङगेबाट प्रहरीले गएराती कौडासहित २३ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा बाङगेस्थित स्थानीय गिता दाहालको घरमा जुवा खेलिरहेको छ भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका ५ कालाबन्जारका पूर्ण थापासहित २३ जनालाई पक्राउ गरेको हो । उक्त स्थानबाट प्रहरीले कौडासहित नगद १ लाख ५६ हजार २ रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।