पूर्वाञ्चल खबर
विराटनगर / नेपाल सम्वत ११४० (न्हुँ दँया भिंतुना) को अवसर पारेर झिःपुच विराटनगरले पत्रकार अनिल श्रेष्ठसहित ६ जनालाई सम्मान गरेको छ ।

विराटनगर–१० बंगलामुखी मार्गस्थित झि पुचः भवनमा आज एक समारोहको बिच पत्रकार श्रेष्ठसहित विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरेको हो ।

झि पुचः ले जेष्ठ नागरिक (थकाली) बाट विराटनगरका ८२ वर्षिय नारायणबहादुर श्रेष्ठ र (नाकी) सम्मानबाट विराटनगरकै ८६ वर्षिय सावित्रीदेवी तुलाधरलाई सम्मान गरिएको हो । यस्तै पत्रकारीताको क्षेत्रबाट श्रेष्ठ, साहित्यकारको क्षेत्रबाट सरिता तुलाधर र मिस नेवा कोशीका विजेता रश्मिता उदासलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई प्रमुख अतिथि युद्धप्रसाद वैद्यले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । सोही अवसरमा संस्कृतिविद प्रमुख अतिथि वैद्य पनि सम्मानित भए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैद्यले भाषा र संस्कृतिको लोप हुँदै गएकोले यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए । पहिचानको समस्या रहेको जानकारी दिदै उनले आफ्नो पहिचानको लागि एक जुट भएर लाग्नु पर्ने बताए । ‘हाम्रो पर्खाले ल्याएको भाषा र सँस्कृतिको रूपान्तरण हुन नसक्दा लोप हुँदै गएको छ,’ उनले भने, ‘आफ्नो भाषा, संस्कृतिलाई जीवित राख्न पुस्ता हस्तान्तरण हुन जरुरी छ ।’ हाम्रो संस्कृतिमा घुषपैठ बढेकोले यस्तो प्रवृति तत्काल रोक्नुपर्ने उनले बताए ।

कार्यक्रममा थलाकीकोतर्फबाट नारायणबहादुर श्रेष्ठ, संरक्षकको तर्फबाट नारायण श्रेष्ठ र नवनिर्वाचित अध्यक्ष जयन्त प्रधानाङ्गलगायले बोलेका थिए । कार्यक्रम अगाडी विराटनगरमा भव्य मोटसाइकल ¥याली पनि निकालियो । विराटनगरस्थित झिःपुच भवनबाट प्रसादको रूपमा अण्डा र ‘सगुन’ ग्रहण गरेपछि ट्राफिक चौक हुदै महानगर परिक्रामा गरि सोही ठाउँमा आएर विभिन्न कार्यक्रम भएको थियो । ¥यालीमा झिः पुचका पदाधिकारी, नेवार सामुदायका किशोर, किशोरीहरू आफ्नो जातिय पहिरनमा सजिएर सहभागि भए ।
१५ लाखको अक्षयकोषको घोषणा
नेपाल सम्वत ११४० को अवसर पारेर झि पुचः विराटनगरका पूर्व अध्यक्ष तथा संरक्षक सुदर्शनबहादुर श्रेष्ठले १५ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।
नेपाली भाषा साँस्कृतिमा योगदान पु¥याउने उद्देश्यले श्रेष्ठले अक्षयकोष स्थापना गरेका हुन् । श्रेष्ठले स्थापना गरेको कोषबाट आएको ब्याजले २÷२ वर्षमा एक जनालाई नेपाली भाषा संस्कृतिमा योगदान पु¥याउने १ जनालाई नगद २ लाख राशीको पुरस्कार प्रदान गरिने भएको छ । यो पुरस्कार झि पुचः ले न्हुँ दँया भिंतुना नेपाल सम्बतको अवसर पारेर प्रदान गर्नेछ ।
सोही अवसमार नाकी सावित्रीदेवी तुलाधरले पनि २ लाख ५१ हजार रुपैयाँ झि पुचः लाई सहयोग प्रदान गरेकी थिइन् ।

झि पुचः को नयाँ नेतृत्वको पदस्थापन
झि पुचः विराटनगरको २६ औं वार्षिक साधरणसभाबाट नयाँ नेतृत्व चयन भएका पदाधिकारीहरूको पनि पस्थापन भएको छ । सर्वसम्मत रूपमा निर्वाचित भएका १७ जना नयाँ कार्यसमतिले आज प्रमाण पत्र ग्रहण गरेर पदस्थापन गरे । केही दिन अगाडी सम्पन्न भएको साधरणसभाबाट झिः पुच विराटनगरको अध्यक्षमा जयन्त प्रधानाङ्ग, वरिष्ठ उपाध्यक्षमा हरिबहादुर श्रेष्ठ, उपाध्यक्षमा भविषकुमार श्रेष्ठ, महासचिबमा शरद श्रेष्ठ, कोषाध्यक्षमा सागरराज जोशी, सह–कोषाध्यक्षमा सुभाष आमात्य, सचिबमा सुरेशलाल श्रेष्ठ छन् ।
यस्तै सदस्यहरूमा उदयबहादुर डंगोल, हरिमोहन श्रेष्ठ, सुरज श्रेष्ठ, रामकुमार श्रेष्ठ, सन्जु शाक्य, रन्जना अमात्य, संजयकुमार श्रेष्ठ, सम्झना प्रधान, युनेशराज श्रेष्ठ र मिराकुमारी राजभण्डारी रहेकी छिन् । दुर्व वर्ष कार्यकालको लागि सर्वसम्मत निर्वाचित भएका सदस्यहरूलाई निर्वाचन आयुत्त शिवनारायण प्रधानले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए । तस्वीर : पुष्पराज थपलिया