पूर्वाञ्चल खबर
विराटनगर / पार्टीको वैठकवाट नै दुई अध्यक्षवीच आलोपालो सरकारको नेतृत्व सहमती सम्वन्धमा थाहा हुने नेपाल कम्यूनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताए ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै अहिले केही जानकारी नभएको र पार्टीको वैठक वसेपछि मात्र थाहा हुने नेता नेपालले बताए ।
जनताको गुनासो र भावना अनुसार सरकार सञ्चालन हुनुपर्नेमा जोड दिदै नेता नेपालले जनताको मन जिति ,कमी कमजोरी सुधार गर्दै जानु पर्ने आवश्यक्तता रहेको बताए । नेपाली जनता आफ्नो समस्या समाधान गर्न सक्षम रहेको बताउदै , नेता नेपालले स्वाभीमानी नेपाली जनताले कोही कसैको हस्तक्षेप स्विकार्य नगर्ने बताए ।
नेता नेपालले नेकपा पार्टीमा नेकपाको विचारधारा लागु भएको छ भन्दै यसमा कोही कसैको विचारधारा थोपारेको सम्वन्धमा कोही कसैलाई भ्रम रहेको स्पष्ट पारे ।
रौतहट हत्या काण्ड कानूनी प्रक्रियामा गैसकेकोले कसैले हस्तक्षेप गर्नु नहुने भन्दै नेता नेपालले विगतमा नेपाली काँग्रेसको सिफारिसमा आफूले मोहम्मद अफताव आलमलाई मन्त्रिमण्डलमा समावेश गरेको हो बताए ।
नेता नेपालले द्वन्द्वकालमा घटेका घटना छिटो छिनोफानो हुनुपर्नेमा जोड दिदै सत्य निरुपण टुग्ङगाउन आफ्नो सहयोग सदैव रहने बताए ।