पूर्वाञ्चल खबर
विराटनगर / बिष्फोटक जन्य पदार्थ पटकासहित ओसार पसारमा संग्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पटका ओसार पसारमा संलग्न रहेका सुनसरीको धरान उपमहानगरपालिका ११ का ३० बर्षीय गणेश बि.क. र ईटहरीका २७ बर्षीय सन्तोष नेपाललाई भोक्राहा नरसिङ गाउँपालिका ३ बाट ५ हजार बराबरको पटकासहित पक्राउ गरिएको हो ।
यसैगरी झापाको भद्रपुर नगरपालिका(३ बाट ५० हजार बराबरको पटका बरामद भएको छ भने मोरङको धनपालथान गाउँपालिका(२ पैठा चोकबाट १२ हजार बराबरको बिष्फोटकजन्य पदार्थ पटका बरामद भएको छ ।